lAtest Nepali Khabar

जिवन पराजुली, १७ भाद्र २०६८
शनिवार गायिका देविका बन्दनाको मन चंगा थियो, कारण उनको दशौँ गिती संग्रह 'मन चंगा भो' विमोचन भएको थियो । २०११ की CNN हिरो तथा माईती नेपालकी संस्थापक अद्यक्ष अनुराधा कोईरालाले आफ्नो एल्बम विमोचन गर्दाको क्षण वन्दना अझै खुशी थिईन ।
विमोचन कार्यक्रममा गीतकार तथा चिकित्सक डा. भोला रिजाल, पूर्व मन्त्री बालकृष्ण खाँड, गायिका कुन्ति मोक्तान, संगीता राणा, संगीतकार राजु सिंह, बसन्त सापकोटा, महेश खड्का, सुरेश अधिकारी लगाएतका व्यक्तित्वहरुको उपस्थिती थियो । बिगत २० बर्षदेखि सांगीतिक क्षेत्रमा रहेकी वन्दनाको अर्को पेशा भने व्यापार हो ।
पाँच सयको हाराहारीमा गीत गाइसकेकी वन्दनाको एल्बम 'मन चंगा भो'मा छ वटा गीत समावेश गरिएको छ । 'मलाई नेपाली माया चाहिन्छ…', 'तल तल बेसीमा मैच्यांग…', 'अछ्छा लेकिन लण्डनको'…, 'भरे आउँछु सपनीमा…' जस्ता चर्चित फिल्मी गीतकी धनी देविकाका 'परदेशी', 'नेपाली माया', 'जाउँ हिड पोखरा', 'लालीमा' लगाएतका नौ वटा एकल गिती संग्रहहरु यस अघिनै लोकप्रिय भईसकेका छन् ।
जिवन पराजुली, १६ भाद्र २०६८
शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र 'ब्रेक-फेल'को बिहिवार ग्रिन कार्पेट प्रिमियर गरिएको छ । अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतीमा बनेको सो चलचित्रले चलिआएको रेड कार्पेटको परम्परा तोड्दै कुमारी सिनेमा हलमा ग्रिन कार्पेट बिछ्यायो ।
शुक्रवेदेखि देशका प्रमूख शहरहरुका मूख्य-मूख्य हलमा प्रदर्शनमा आउने 'ब्रेक फेल' समाजसेविको पहिचानका नक्कली नोट कारोबार गर्ने व्यक्ति(राजेश हमाल), ड्रेस डिजाईनर (ऋचा घिमिरे), बिदेश जाने सपनामा ठगी गर्ने दुई युवा(निरज बराल र बिमलेश अधिकारी) साथै ब्रेकिंग न्यूजको सपनामा क्यामेरा तेर्साउने पत्रकार(सुवाष थापा) वरपर घुमेको छ ।
लाईट कमेडी चलचित्र 'ब्रेक फेल' हेर्ने क्रममा दर्शकले कुनै बोरिंग अनुभव गर्न भने पाउँदैनन् । सिचुएशनल भनिएतापनि पुरै सिचुएशनल कमेडीको भावमा नडुबेर डाईलग कमेडीको पनि बाहुल्यता झल्किने सो चलचित्रको प्रमियर पश्चातको प्रतिक्रिया निकै राम्रो छ । परम्परागत ढर्रामा बन्दै आएका चलचित्र भन्दा केहि हदसम्म माथी उठ्न सफल 'ब्रेक फेल'को व्यापार राम्रो हुने विश्वास गरिएको छ ।
smackdown sept2 2011
Daishain Nepali Song Collection
LATEST NEPALI KHABAR
जिवन पराजुली, १५ भाद्र २०६८चलचित्र 'मेरो बेष्ट फ्रेण्ड'को लागी अमेरिका निवासी नायक रेश मरहठ्ठा नेपाल आउने भएका छन् । प्रसन्न पौडेलद्वारा निर्देशन हुने सो चलचित्रको मूख्य भुमिकामा अभिनयका लागी उनि केहि दिनमा नै नेपाल आउन लागेका हुन् ।
आफ्नो चलचित्र 'च्यालेञ्ज'को पोष्ट प्रोडक्सनको काम सकेर केहि समय अगाडी अमेरिका पुगेका रेश सेप्टेम्वर १५ सम्ममा आईपुग्ने निर्देशक पौडेलले बताए । चलचित्रका सम्पूर्ण दृश्यहरु काठमाण्डौमा नै छायांकन हुने बताईएको छ । 'मेरो बेष्ट फ्रेण्ड' पौडेलको होम प्रोडक्सनमा बन्न लागेको हो ।
चलचित्र 'पिँजडा' मार्फत सुरेश मरहठ्ठाको नाममा अभिनय क्षेत्रमा प्रवेश गरेका रेशले अमेरिकामानै रहँदा आफ्नो नामको 'सु' हटाएर रेश मात्र बनाएका थिए । चलचित्र 'चाहन्छु म तिमीलाई नै' पश्चात अमेरिकातर्फ लागेका रेशले विगत एक वर्षदेखि पुनः नेपाली चलचित्र क्षेत्रमा सक्रियता देखाएका छन् ।
अच्यूत अधिकारीको लेखन रहेको सो चलचित्रको छायांकन करिव पैँतिस् दिनमा सिध्याउने निर्देशक पौडेलले बताए । रेशका अलावा नेपाली चलचित्र उद्योगले त्यती चिन्न नसकेकी नायिका झरना बज्राचार्य पनि 'मेरो बेष्ट फ्रेण्ड'मा मूख्य भुमिकामा हुनेछिन् । त्यस्तै अर्का नायक दिवस उप्रेती पनि यस चलचित्रमा अनुबन्धित छन् ।

coming upNEPALI MOVIE![]() rajapat![]() download13 Goreto Tyo Gaunko - Rabi Hada.mp3 | Like
ZOKKOMON promo![]()
interview |
last night![]() bodyguard![]() | WAR WOLVES
![]()
|
photo feature

A model presents fashion creation during a fall and winter underclothes fashion show at the 22nd Dalian International Costume Festival in Dalian of northeast China's Liaoning Province on Monday.
Photographer: Xinhua /Yao Jianfeng


.jpg)



















